संक्रमणकालीन न्यायसम्बन्धि विषय वर्तमान सरकारले टुंगो लगाउन नसके अरु कुनै सरकारले सक्दैनः सभापति बास्कोटा | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

संक्रमणकालीन न्यायसम्बन्धि विषय वर्तमान सरकारले टुंगो लगाउन नसके अरु कुनै सरकारले सक्दैनः सभापति बास्कोटा

कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति समिक्षा बास्कोटाले संक्रमणकालीन न्यायसम्बन्धि थाँति रहेका काम छिटो टुंगो लगाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति बास्कोटाले संक्रमणकालीन न्याय निरुपण लगायतका मानव अधिकारसँग सम्बन्धित थाँति रहेका सबै कामहरु सम्पन्न गर्न सरकारलाई सचेत गराउनुभएको हो । उहाँले उक्त कामलाई सम्पन्न गर्नका लागि कानूनमा सुधार ल्याउने काममा समितिले संयोजनकारी भुमिका निर्वाह गर्न तयार रहेको पनि बताउनु भयो । सरोकारवालाहरुसँग बसेर संक्रमणकालीन न्याय निरुपणमा देखिएका समस्या समाधान हुनेगरी कानून निर्माण गर्ने काम समिति लागिपर्ने सभापति बास्कोटाको प्रतिवद्धता छ । उहाँले सरकारले संक्रमणकालीन न्याय निरुपणका लागि प्रतिवद्धता जनाएको उल्लेख गर्दै त्यसलाई छिटो निष्कर्षमा पु¥याउनुपर्ने बताउनु भयो ।

सभापति बास्कोटाले मुलुकमा विद्यमान समस्याहरुलाई सम्बोधन हुनेगरी कानून निर्माण गर्ने काममा आफूहरु लागि परेको जिकिर पनि गर्नुभयो ।–

Leave a Reply