अर्थमन्त्रीले संसदमा पेश भइसकेको आर्थिक विधेयक केही विषय हटाएर गम्भीर भुल गरेः रमेश मल्ल | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

अर्थमन्त्रीले संसदमा पेश भइसकेको आर्थिक विधेयक केही विषय हटाएर गम्भीर भुल गरेः रमेश मल्ल

काठमाडौँ ।

विपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पेज आफैले हटाएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गम्भिर भुल गरेको आरोप लगाएको छ । बुधवार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त पार्टीका सांसद रमेशकुमार मल्लले संसदको पुँजीको रुपमा दर्ज भइसकेको आर्थिक विधेयकमा आफूखुशी गरेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले वर्तमान सरकारले एक पछि अर्को विधि मिचिरहेको जिकिर गर्नुभयो । संसदमा पेश भइसकेको उक्त विधेयक सरकारलाई फिर्ता पठाउने वा नपठाने भन्ने कुराको निर्णय संसदमा मात्रै गर्नसक्ने सांसद मल्लको भनाई थियो । अर्थमन्त्री वाग्लेले गत जेठ १५ गते नै उक्त विधेयकमा संसदमा पेश गर्नुभएको थियो । संसदमा पेश भईसकेको कुनैपनि विधेयक संसद बाहेक अरु कुनैपनि निकायले फेरबदल गर्न नपाउने व्यवस्था रहेको पनि सांसद मल्लले स्पष्ट पार्नुभयो ।

Leave a Reply