सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह सरकारप्रति उत्तरदायी रहनुभएको स्पष्ट पार्नुभएको छ ।
मंगलवार बसेको मन्त्रीपरिषद् बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आईतवारमात्रै सदनमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने प्रतिवद्धता जनाउनु भयो । सीमा विवादको विषय दुई देशबीचको संवाद र टेबल टकमार्फत समाधान गर्नुपर्ने विषय भएको उहाँको भनाइ छ ।
उहाँले नेपाल र भारत दुवै पक्षले यस विषयलाई आपसी संवादबाट समाधान गर्ने प्रतिवद्धता व्यक्त गरिसकेको पनि बताउनु भयो । आवश्यक सबै काम कारबाही कुटनीतिक माध्यमबाट परराष्ट्र मन्त्रालयले अगाडि बढाइरहेको बताउनु भयो ।




