राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेश | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेश

काठमाडौँ ।

सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२/२०८३’ पेश गरेको छ । बुधवार बसेको सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण पेस गर्नुभएको हो । सभामा आर्थिक सवेक्षण पेस गर्दै उहाँले सन् २०२६ मा विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतमा सिमिति हुने अनुमान रहेको बताउनु भयो । उहाँले प्रतिकुल विश्वपरिवेशका बाबजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३ दशमलव ८५ प्रतिशतले वृद्धि हुने अनुमान रहेको बताउनुभयो ।

प्रदेशगत रुपमा बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अर्थमन्त्री वाग्लेको भनाइ छ ।उहाँले चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार रु ६६ खर्ब पुग्ने तथा प्रतिव्यक्ति आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान रहेको समेत बताउनु भयो ।

Leave a Reply