प्रधानमन्त्री साह संसदप्रति अनुदार हुनु लज्जास्पदः सांसद पन्त | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

प्रधानमन्त्री साह संसदप्रति अनुदार हुनु लज्जास्पदः सांसद पन्त

काठमाडौँ ।

नेपाली काँग्रेसका सांसद कमला पन्त प्रधानमन्त्री बालेन्द्र साह संसदप्रति अनुदार हुनु लज्जास्पद विषय भएको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । जुन संस्थाले प्रधानमन्त्री बनायो त्यही संस्थाप्रति अनउत्तरदायी हुनु लाजमर्दो विषय भएको उहाँको भनाइ छ । उहाँले सरकार संसदप्रति जिम्मेवार हुने विषयमा सत्तारुढ दल र स्वयं प्रधानमन्त्री संवेदनशील हुनु जरुरी रहेको बताउनु भयो ।

सांसद पन्तले सरकारको नेतृत्व गर्ने व्यक्ति भन्दा पनि प्रधानमन्त्री संस्था महत्वपूर्ण भएको उल्लेख गर्दै संसदप्रति अनुदार व्यवहार गर्नु उचित नभएको बताउनुभयो ।उहाँले सबै राजनीतिक दलहरुसँग संवादमार्फत नागरिकका समस्या हल गर्नतर्फ समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply