काठमाडौं, ६ माघ । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ । आज सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई संसदीय दलको नेता चयन गरेको हो ।
बैठकले आफूलाई संसदीय दलको नेता चयन गर्नुपहिले दाहालले सांसदहरुलाई नेकपा एमालेसँग भइरहेको पार्टी एकता सम्बन्धी वार्तामा भएको प्रगतिबारे जानकारी गराएका थिए ।