‘लालीबजार’ चलचित्र विरुद्ध बादी समुदाय आन्दोलित, प्रतिवन्धको माग गर्दै प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

‘लालीबजार’ चलचित्र विरुद्ध बादी समुदाय आन्दोलित, प्रतिवन्धको माग गर्दै प्रदर्शन

काठमाडौं ।

आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी निर्माण गरिएको भन्दै ‘लालीबजार’ चलचित्रका विरुद्ध बादी समुदायका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेका छन् । वादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त रोक लगाउन माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरूले बादी जातिको सम्मान कायम गर, लालीबजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरे । चलचित्रमा प्रयोग गरिएका दृष्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको बताएका छन् ।

Leave a Reply