प्रदेश र स्थानीय सरकारले पनि सम्पदाहरुको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानून बनाउनु पर्दछः पर्यटनमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

प्रदेश र स्थानीय सरकारले पनि सम्पदाहरुको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानून बनाउनु पर्दछः पर्यटनमन्त्री पौडेल

काठमाडौं । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रदेश र स्थानीय तहले पनि अभौतिक सम्पदाहरुको संरक्षणका लागि आवश्यक कानून निर्माण गर्न सक्ने बताउनुभएको छ ।मंगलवार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । विद्यमान ऐनमा नै अभौतिक सम्पदाहरुको संरक्षण र अभिलेखीकरण गर्नका लागि प्रदेश र स्थानीय तहले आफैँ कानून निर्माण गर्न सक्ने अधिकार रहेको मन्त्री पौडेलले स्पष्ट पार्नुभयो । उहाँले स्थानीयको सहभागिता बिना मुलुकको कुनैपनि सम्पदाहरुको संरक्षण हुन नसक्ने तथ्य पनि स्मरण गराउनु भयो ।

मन्त्री पौडेलले मुलुकको स्वाभिमान र समृद्धिका लागि पनि सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । मन्त्री पौडेलले सरकारले समुदायमा आधारित भएर नै सम्पदाहरुको संरक्षणको कामलाई अघि बढाउन सक्ने पनि बताउनु भयो ।

Leave a Reply