फाइल तस्बिर
काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् ।
गृहमन्त्री गुरूङले आफ्नो राजीनामाबारे सामाजिक सञ्जाल फेसबकुबाट जानकारी दिएका छन् ।
आफ्नाे लागि पदभन्दा नैतिकता ठुलाे भएकाे भन्दै गृहमन्त्री गुरूङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयरलगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जन विश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन।’ उनले लेखेका छन्, ‘सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइ बहिनीहरुको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।’
उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिनका लागि पदमा रहँदा स्वार्थकाे द्वन्द्व नहाेस् भनेर गृहमन्त्री पदबाट राजीनामा दिएकाे बताएका छन् ।





