म्यानमारले नयाँ वर्षको अवसरमा ४५ सय भन्दा बढी कैदीहरूलाई आममाफी दियो | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

म्यानमारले नयाँ वर्षको अवसरमा ४५ सय भन्दा बढी कैदीहरूलाई आममाफी दियो

म्यानमारका राष्ट्रपति यू मिन आङ ह्लाइङले शुक्रवार म्यानमारको परम्परागत नयाँ वर्षको पहिलो दिनमा ४ हजार ५ सय भन्दा बढी कैदीहरूलाई आममाफी दिनुभएको छ । राज्य सञ्चालित म्यानमार रेडियो र टेलिभिजनकाअनुसार राष्ट्रपतिले दुईवटा छुट्टाछुट्टै आदेशमार्फत ४ हजार ३ सय ३५ म्यानमारका कैदीहरू र १ सय ७९ विदेशी कैदीहरूलाई आममाफी दिनुभएको हो । यो आममाफी म्यानमारको परम्परागत नयाँ वर्षको उत्सव मनाउन, जनतामा शान्ति र मानवता ल्याउन र रिहा भएका व्यक्तिहरूलाई राष्ट्र निर्माणमा सहभागी हुन सक्षम बनाउनका लागि दिइएको बताइएको छ ।

आदेशमा भनिएको छ कि यदि आममाफी पाएका कुनैपनि व्यक्तिले पुनः अपराध गरेमा, उनीहरूले नयाँ सजायका साथै अघिल्लो सजायको बाँकी भाग पनि भुक्तान गर्नुपर्नेछ । यसैबीच, विदेशी कैदीहरूलाई माफी दिएर देश निकाला गरिएको छ । अर्को एक छुट्टाछुट्टै आदेशमा, राष्ट्रपतिले देशभरका जेलमा रहेका केही कैदीहरूको सजाय पनि कम गरेका छन् । जसमा मृत्युदण्डको सजायलाई जन्मकैदमा परिणत गर्ने, ४० वर्षभन्दा बढीको सजायलाई ४० वर्षमा झार्ने र ४० वर्ष वा सोभन्दा कमको सजायलाई छ भागको एक भागले घटाउने निर्णय गरिएको छ । गत वर्ष पनि म्यानमारको परम्परागत नयाँ वर्षको अवसरमा ४ हजार ९ सय भन्दा बढी कैदीहरूलाई आममाफी दिइएको थियो ।

Leave a Reply

ताजा समाचार