प्रधानमन्त्री तथा मन्त्रीहरूले बुझाए सम्पत्ति विवरण, कस्काे कति ? | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

प्रधानमन्त्री तथा मन्त्रीहरूले बुझाए सम्पत्ति विवरण, कस्काे कति ?

काठमाडाैं । प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरणअनुसार अधिकांश सुनका धनी रहेको पाइएको छ । नयाँ सरकार बनेको १७ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा धेरैको आर्थिक अवस्था उच्च र केहीको मध्यम देखिएको छ । घरजग्गा, शेयर, सुनचाँदी गरगहनादेखि पशुधनसमेतको विवरण सार्वजनिक भएको हा ।

प्रधानमन्त्री वालेन्द्र शाहकी पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन पैत्रिक रूपमा प्राप्त भएको उल्लेख छ । काठमाडौ, धनुषा र महोत्तरीमा बुबाआमाको नाममा घरजग्गा रहेको जनाइएको छ । सामाजिक सञ्जालबाट एक करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सम्पत्ति विवरणमा चारवटा घर र अपार्टमेन्ट छ । उहाँको सम्पत्ति विवरणमा विदेशको जागिर सम्पत्तिको मुख्य स्रोत देखाइएको छ । बैंकमा एक करोड ९० लाख र ४५ तोला सुन तथा विभिन्न जलविद्युत् आयोजना, एक विकास बैंकमा सेयर छ ।

गृहमन्त्री सुदन गुरुङको धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उहाँका पिताको नाममा चितवनको भरतपुर १८ गुञ्जनगरमा र बाजेको नाममा गोरखामा जग्गा छ । गृहमन्त्री गुरुङको सेयर मार्केटमा चार करोड ३१ लाख रुपैयाँ बढी लगानी रहेको छ । ८९ तोला सुन र विभिन्न कम्पनीमा सेयर लगानीे छ ।

परराष्ट्रमन्त्री शिशिर खनालका बुबाको नाममा काठमाडौमा पाँच आनाको घर बुबाकै नाममा तनहुँ, नवपुर र नेपालगन्जमा २८ रोपनी दुई कट्ठा जग्गा, १३ लाख नगद र २२ तोला सुन छ । विभिन्न कम्पनीमा सेयर रहेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले १५ तोला सुन र ५० तोलामा चाँदी रहेको छ । वीरेन्द्रभक्त श्रेष्ठ र विकास श्रेष्ठका नाममा घर, विभिन्न बैंकमा ६४ लाख ६ सय ३६ रुपैयाँ नगद रहेको छ । उहाँसँग विभिन्न कम्पनीको सेयर र गाडी पनि रहेको छ ।

Leave a Reply