काठमाडाैं । भारतीय सङ्गीत जगतकी प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघात भएपछि अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो।
मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उहाँको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हृदयाघात र श्वासप्रश्वास सम्बन्धी समस्याका कारण शनिबार अस्पताल भर्ना हुनुभएकी भोसलेको स्वास्थ्यमा सुधार नभई उहाँको निधन भएको अस्पताललाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उहाँको अन्तिम संस्कार सोमबार अपराह्न ४ बजे मुम्बईको शिवाजी पार्कमा पूर्ण राजकीय सम्मानका साथ गरिने जनाइएकाे छ।





