पदभार सम्हाल्दै राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले भनिन्–साइबर बुलिङविरुद्ध कानूनी हस्तक्षेप अपरिहार्य | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८२, मंगलबार

पदभार सम्हाल्दै राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले भनिन्–साइबर बुलिङविरुद्ध कानूनी हस्तक्षेप अपरिहार्य

काठमाडाैं ।

राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारी पदभार ग्रहण गर्नुभएको छ । शपथग्रहण लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर भण्डारीले पदभार सम्हाल्नुभएको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले साइबर बुलिङमार्फत महिलामाथि हुने चरित्रहत्याविरुद्ध कानूनी व्यवस्था आवश्यक रहेको बताउनु भयो । उहाँले महिलाको मानप्रतिष्ठा र सामाजिक आचरणमा असर पर्ने गरी चरित्रहत्या गर्ने जस्ता अपराधिक गतिविधि मौलाउँदै गएको भन्दै त्यसको नियन्त्रणका लागि कानून निर्माण अपरहार्य भएको बताउनु भयो ।

भण्डारीले सामाजिक सञ्जालमार्फत महिलामाथि भइरहेको साइबर हमलाले विकराल रूप लिँदै गएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सरकार र सरोकारवालहरुबीचको समन्वय गरेर कानूनी हस्तक्षेप गर्नुपर्ने बताउनु भयो । उहाँले साइबर अपराधको सिकार भएकै कारण सांसदहरू नै प्रहरीको साइबर ब्यूरोसम्म पुग्नु दुःखद् भएको बताउनु भयो ।  उपाध्यक्ष भण्डारीले सभ्य र मर्यादित समाज निर्माणका लागि साइबर अपराध नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय सभा उपाध्यक्षको पद कुनै आग्रहबिना निष्पक्ष र संसदीय गरिमा कायम राख्दै बहन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Leave a Reply