इरानद्वारा दुबईस्थित ओराकलको डाटा सेन्टरमा आक्रमणको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

इरानद्वारा दुबईस्थित ओराकलको डाटा सेन्टरमा आक्रमणको दाबी

एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले बिहीवार संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको अमेरिकी प्रविधि कम्पनी ‘ओराकल’ को डाटा सेन्टरमा आक्रमण गरेको दाबी गरेको छ । दुबई मिडिया अफिसले शुक्रबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उक्त दाबीलाई अस्वीकार गरेको छ ।

कार्यालयले दुबईस्थित ओराकलको डाटा सेन्टरमा इरानी आक्रमण भएको भनिएका रिपोर्टहरूलाई ‘भ्रामक र असत्य’ बताएको छ । यसअघि बिहीबार नै आईआरजीसीले इरानी नागरिकहरूको हत्याको बदलामा यस क्षेत्रमा रहेका अमेरिकी र इजरायली जासुसी कम्पनीहरू विरुद्धको पहिलो कारबाही स्वरूप बहराइनमा रहेको अमेजनको क्लाउड कम्प्युटिङ अपरेसन सेन्टरलाई निशाना बनाएर ध्वस्त पारेको बताएको थियो ।

गत फेब्रुअरी २८ देखि इरानमाथि शुरु भएको संयुक्त अमेरिकी–इजरायली आक्रमणपछि यस क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको छ । यसैको प्रतिक्रियास्वरूप इरान र यसका क्षेत्रीय सहयोगीहरूले मध्य पूर्वभरि रहेका इजरायली र अमेरिकी स्वार्थ केन्द्रहरूमाथि निरन्तर आक्रमण गरिरहेका छन् ।

Leave a Reply

ताजा समाचार