प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८३, बिहीबार

प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश

काठमाडाैं ।

प्रतिनिधि सभाको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले जारी गरेका तीन अध्यादेश पेश गर्नेसहित संघीय संसद सचिवालयले सम्भावित कार्यसूची पहिचान गरेको छ । निर्वाचनपछि बस्न लागेको सभाको पहिलो बैठकका लागि सचिवालयले कार्यसूची पहिचान गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले बताउनुभएको हो । संसद सचिवालयले यीनै एजेण्डामाथि छलफल गर्न बधुवार सर्वदलीय बैठक बोलाएको छ । संसदको अधिवेशन शुरु हुनुअघि बुधवार संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूको सहभागितामा सर्वदलीय बैठक आह्वान गरिएको सहसचिव गिरीले बताउनु भयो ।

अधिवेशन आह्वान भइसकेपछि सामान्यतः कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रचलन भएपनि हाल उक्त समिति नभएको अवस्थामा सर्वदलीय बैठक बोलाइएको हो । उहाँकाअनुसार सर्वदलीय बैठकले अधिवेशनको सभाको पहिलो बैठक सञ्चालन, प्रारम्भिक एजेण्डा चयन तथा कार्यतालिका व्यवस्थापनका विषयमा सहमति जुटाउनेछ । सभाको पहिलो बैठकले संसद नियमावली समेत तय गर्नेगरी कार्यसूची तय गरिएको उहाँको भनाइ छ । उहाँले संसदको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जारी गरेका तीन वटा अध्यादेश पेश गर्ने र संसदका प्रतिनिधित्व गर्ने दलका नेताहरुले सम्बोधन गर्नेसहितको कार्यसूची पहिचान भइसकेको छ । साथै सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने विषय समेत प्राथमिकतामा रहने उहाँले बताउनु भयो ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखको निर्वाचन पहिलो बैठक बसेको १५ दिनभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । उहाँले सभा सञ्चालनको लागि सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको बहुउद्देश्यीय हल पूर्ण नभएको समेत बताउनु भयो । उहाँले सभा हेर्न आउने दर्शक, सञ्चारकर्मी लगायत लागि सहभागि गराउने अवस्था समेत नरहेको बताउनु भयो । प्रतिनिधि सभा नियमावली पारित भएसँगै परामर्श समिति र विषयगत समिति गठनको बाटो खुल्नेछ ।

Leave a Reply