एजेन्सी । संयुक्त राज्य अमेरिकाले विश्वव्यापी ऊर्जा बजारमा प्रभुत्व जमाउने सिद्धान्त पछ्याइरहेको छ रूसी विदेश मन्त्री सर्गेई लाभरोभले बताउनुभएको छ । लाभरोभका अनुसारः ‘संयुक्त राज्य अमेरिकाले आफ्नो स्वार्थ सधैं अन्तर्राष्ट्रिय सम्झौताहरू भन्दा माथि रहने सिद्धान्त पछ्याउँछ ।
उनीहरू (संयुक्त राज्य अमेरिका) केवल आफ्नो समृद्धिको मात्र ख्याल गर्छन् । संयुक्त राज्य अमेरिकाले रूससँग सहकार्य गर्नका लागि पहिले रूसको हितको सम्मान गर्नुपर्ने बताउनु भयो ।





