लियो जिल्ला परिषद् ३२५ एलकाे सम्मेलन शनिबार हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

लियो जिल्ला परिषद् ३२५ एलकाे सम्मेलन शनिबार हुने

काठमाडाैं । लियो जिल्ला परिषद् ३२५ एल नेपालको तेस्रो जिल्ला परिषद् बैठक तथा चौथो जिल्ला सम्मेलन हुने भएकाे छ । सम्मेलन चैत ७ गते शनिबार ललितपुरमा  हुने भएकाे हाे ।

लियो जिल्ला परिषद् ३२५ एल नेपालद्वारा आयोजना गरिने कार्यक्रमकाे होस्ट क्लबका रूपमा लियो क्लब अफ काठमाडौं ककनी, लियो क्लब अफ बिशालबजार र ब्लड सर्कल  रहने आयोजकले जनाएको छ ।

जिल्ला परिषद् बैठकमा जिल्ला ३२५ एल अन्तर्गत रहेका विभिन्न लियो क्लबका प्रतिनिधि तथा पदाधिकारीहरूको सहभागिता रहने जनाइएकाे छ । बैठकमा चालु लियो वर्षका गतिविधिहरूको समीक्षा, सम्पन्न कार्यक्रमहरूको मूल्याङ्कन तथा आगामी योजनाबारे विस्तृत छलफल गरिने बताइएको छ । साथै संगठनात्मक सुदृढीकरण, सदस्यता विस्तार तथा क्लबहरूबीच सहकार्य र समन्वय अभिवृद्धि सम्बन्धी विषयहरूमा पनि विचार–विमर्श हुने बताइएको छ ।

यस अवसरमा आगामी लियो वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व चयन प्रक्रिया समेत सञ्चालन गरिनेछ । बैठकमार्फत् जिल्ला अध्यक्ष, जिल्ला उपाध्यक्ष लगायतका विभिन्न पदाधिकारीहरूको लोकतान्त्रिक निर्वाचन गरिने कार्यक्रम रहेको जनाइएको छ । लियो जिल्ला परिषद् ३२५ एल, नेपालको आगामी २०२६/२७ का लागि जिल्ला अध्यक्ष पदमा कुशल लम्सालले आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरिसकेका छन् ।

लियो क्लब अफ खैरेनिटार दुलेगौंडा मन्त्रका संस्थापक अध्यक्ष तथा हाल लियो जिल्ला परिषद् ३२५ एल, नेपालका जिल्ला उपाध्यक्षका रूपमा सक्रिय रूपमा सेवा गरिरहेका लम्सालले जिल्ला अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । उनको उम्मेदवारीलाई लियो क्लब अफ तनहुँका अध्यक्ष रविन श्रेष्ठले औपचारिक रूपमा समर्थन गरेका थिए ।

सोही अवसरमा लियो जिल्ला परिषद् ३२५ एल, नेपालका वर्तमान जिल्ला सचिव सिसम पोखरेलले पनि आगामी कार्यकालका लागि जिल्ला उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । यो सम्मेलनले लियो सदस्यहरूबीच नेतृत्व विकास, अनुभव आदान–प्रदान तथा संगठनलाई थप सक्रिय र सशक्त बनाउने उद्देश्यका लिइएको छ ।

Leave a Reply