प्रतिनिधि सभा निर्वाचन : देशभर मतदान जारी, मतदान गर्न जाँदा यी कागजात लैजानुहोस् | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

प्रतिनिधि सभा निर्वाचन : देशभर मतदान जारी, मतदान गर्न जाँदा यी कागजात लैजानुहोस्

काठमाडाैं । प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन बिहीवार देशभर मतदान भइरहेको छ ।  राजनीतिक दलका प्रमुख शिर्ष नेताहरु मदानमा सहभागि हुनुभएको छ । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एउटा भएको खण्डमा मतदानमा सहभागि हुन पाइने जनाएको छ ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेले मतदाता नामावलीमा नाम दर्ता भएका सबै मतदाताले मतदानमा सहभागि हुन पाउने बताउनु भयो । उहाँकाअनुसार मतदाता परिचयपत्र नभएको वा नस्ट भएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइन्छ ।

घिमिरेले मतदानमा सहभागि भई मनपर्ने उम्मेदवार र दलको चुनाव चिन्हमा नबिग्रिनेगरी मतदान गर्न सबैमा आग्रह समेत गर्नुभयो ।

Leave a Reply