काठमाडौ। आज ७६औं प्रजातन्त्र दिवसको अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाउँन थालिएको हो ।
राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरुकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो । २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो ।
प्रजातन्त्र दिवसकाे अवसरमा राष्ट्रपति रामचन्द्र पाैडेल, उपराष्ट्रपति राहशहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा राजनीतिक दलका शीर्ष नेतारूद्वारा शुभकामना व्यक्त गरेका छन् ।





