प्रधानमन्त्रीको सिफारिशलाई राष्ट्रपतिले अस्विकार गर्न मिल्दैन : मन्त्री बस्नेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रधानमन्त्रीको सिफारिशलाई राष्ट्रपतिले अस्विकार गर्न मिल्दैन : मन्त्री बस्नेत

काठमाडाैं, १ फागुन । सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा सरकारले सिफारिस गरेका ३ जना सदस्य राष्ट्रपति विद्या भण्डारीले मनोनित गर्ने बताएका छन् । सरकारले राष्ट्रियसभा सदस्यका लागि गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपतिसमक्ष अनुमोदनका लागि पठाएको छ ।

काँग्रेस नेता समेत रहेका मन्त्री बस्नेतले मन्त्रीपरिषद बैठकले गरेको निर्णयलाई राष्ट्रपतिले स्विकार गरेर जानुको विकल्प नरहेको बताए । मन्त्री बस्नेतले प्रधानमन्त्रीले गरेका सिफारिशलाई राष्ट्रपतिले अस्विकार गर्नै नमिल्ने जिकिर गरेका छन् ।

उनले भने,‘यदि प्रधानमन्त्रीले संविधानसम्मत रुपमा गरेका सिफारिशलाई राष्ट्रपतिले अस्विकार गर्नुभयो भने यो क्याविनेट प्रणाली माथिको नै प्रश्न हुनेछ । मलाई विश्वास छ, राष्ट्रपतिले नाम अनुमोदन गर्नुहुन्छ।’

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमालेले लहडको आधारमा राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने सरकारको निर्णय मान्य नहुने प्रतिक्रिया दिएको आरोप लगाए ।

उनले केही दिन भित्रै नयाँ सरकार बन्ने स्पष्ट पारे । मन्त्री बस्नेतले काँग्रेसले प्रतिपक्षमा बसेर मुलुकको समृद्धिको लागि इमान्दार प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । मन्त्री बस्नेतले काँग्रेसले निकट भविष्यमै स्पष्ट बहुमतका साथ सरकार बनाउने दावी समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);