निर्वाचनको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्रीकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

निर्वाचनको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्रीकाे निर्देशन

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभर निर्वाचनको लागि सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिनुभएको छ । उहाँले निर्वाचनको माहोल उत्साहजनक रहेको र सुरक्षा निकाय तथा प्रशासनिक क्षेत्रको तयारी प्रशंसनीय रहेको बताउनुभयो । सुनसरी, मोरङ, सोलुखुम्बु र भोजपुर लगायतका जिल्लाको स्थलगत निरीक्षण र वस्तुस्थिति बुझेपछि उहाँले मंसिर २१ गते हुने मतदानको सम्पूर्ण तयारी करिव पूरा भएको उल्लेख गर्नुभयो ।

सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरुको रिपोर्टिङ र कार्य सम्पादनको मूल्यांकन गर्दै कार्कीले छोटो समयमा धेरै काम भएको बताउनु भयो । निर्वाचन आयोगले निर्वाचन घोषणा भएको भोलिपल्टदेखि नै निकै मेहनतका साथ काम अघि बढाएको र अब २१ गतेको मतदान मात्र बाँकी रहेको जस्तो देखिएको उहाँको भनाइ छ । जिल्ला जिल्लामा तयारीका क्रममा केही कठिनाइ भएपनि हालसम्मको प्रगति सन्तोषजनक रहेको उहाँले उल्लेख गर्नुभयो ।

सोलुखुम्बुको सल्लेरी र भोजपुरको स्थलगत भ्रमणको चर्चा गर्दै कार्कीले ती क्षेत्रहरु भारतीय सीमासँग नजोडिएकाले सुरक्षाका दृष्टिले तुलनात्मक रुपमा शान्त रहेको बताउनुभयो । सुरक्षा निकायले एकीकृत रुपमा गरिरहेको गस्ती र मुभमेन्टले सुरक्षा प्रत्याभुतिमा मद्दत पु¥याएको उहाँको विश्लेषण छ ।

यद्यपि उम्मेदवारहरु बीचको हारजितको टक्करले उत्पन्न हुनसक्ने विवाद र फर्जी मत रोक्न विशेष शतर्कता अपनाउनुपर्नेमा उनले जोड दिनुभयो । निर्वाचनमा भाग नलिने समूह र दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन जस्ता पक्षहरुले केही व्यवधान सिर्जना गर्न सक्नेतर्फ संकेत गर्दै कार्कीले सुरक्षा व्यवस्थालाई कडा बनाउनुपर्ने बताइन् । सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकको सहयोग र आपसी समन्वयले सुरक्षा नियन्त्रणमा सहज हुने उनको विश्वास छ । विगतका चुनावको तुलनामा अहिले ‘पिन ड्रप साइलेन्स’ र मर्यादित प्रचारप्रसार देखिनु सकारात्मक पक्ष भएको उहाँले औंल्याउनुभयो ।

Leave a Reply