काठमाडौं, २९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँगको सम्बन्ध सुदृढ गर्दै आर्थिक विकासलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका छन ।
आईतबार काठमाडौंमा नेपाल व्यवस्थापक संघको ३७ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले मुलुकको समृद्धिका लागि आफूले छिमेकीसँगको सम्बन्ध अझै अनुकुल बनाउन चाहेको बताए ।
मुलुकलाई समृद्ध बनाउन स्थिर, स्थायित्व र शान्ति आवश्यक पर्ने उनको भनाइ थियो । कार्यक्रममा सहभागीहरुले नेपालका १ करोड ५९ लाख १० हजार मानिस आर्थिक रुपमा सक्रिय रहेको भन्दै यसलाई संघीय संरचनाले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिएका छन । सबै प्रदेशमा सहकार्य गर्दै आर्थिक विकासको एजेण्डालाई सफल बनाउनुपर्ने सरोकारवालाको जोड छ ।