काठमाडाैं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ । काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएपनि निर्वाचन हुन नसकेमा संसद पुनस्र्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने दाबी गरेपनि सुरक्षा व्यवस्थाको अवस्था हेर्दा त्यो सम्भव नरहेकाें बताउनुभयो ।
उहाँले पार्टीको महाधिवेशनमा पनि केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । महाविधेशनको कार्यतालिका सर्वसम्मत रुपमा आएकाले १५ औँ महाधिवेशन हुनेमा शंका नगर्न उहाँले आग्रह गर्नुभयो । तर महाधिवेशन विधि अनुसार हुनुपर्नेमा जोड दिनुभयो । पार्टीको विधान मिचेर महाधिवेशन हुन नसक्ने उहाँको भनाइ छ । उहाँले पार्टीको क्रियाशील सदस्यता टुंगोमा पुर्याएपछि महाधिवेशन हुने बताउनुभयो ।
उहाँले आगामी निर्वाचनमा पार्टीले खटाएको उम्मेद्वारलाई जिताउनको लागि एकजुट भएर लाग्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।





