सरकार र जेन जीबीच भएकाे सम्झौता कार्यान्वयन हुनेमा शहीद परिवारका सदस्य तथा घाइतेहरुकाे आशंका | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

सरकार र जेन जीबीच भएकाे सम्झौता कार्यान्वयन हुनेमा शहीद परिवारका सदस्य तथा घाइतेहरुकाे आशंका

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी प्रतिनिधि र सरकारबीच भएको १० बुँदे सम्झौता भविष्यका आन्दोलन र राजनीतिक परिवर्तनलाई निर्देशित गर्न कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ । बुधबार साँझ सिंहदरबारमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले जेन जी तथ शहीद परिवार र सरकारबीच भएको सम्झौता कार्यान्वयनमा समय लागेपनि महत्वपूर्ण दस्तावेजको रुपमा रहने बताउनुभयो । उहाँले विश्व भरीका देशहरुमा नेपाल जेन जी आन्दोलनको अग्रज मुलुक रहेको बताउँदै सरकार र जेन जी प्रतिनिधिबीच भएको यस सम्झौतालाई अन्य देशहरुले समेत अनुसरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस सम्झौताले भविष्यमा हुने आन्दोलनलाई हिंसारहित बनाउन मार्गनिर्देशन उहाँको भनाइ छ । उहाँले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद र घाइतेहरूका मागहरु पुरा गर्न सरकार अहोरात्र लागिपरेको समेत बताउनुभयो । उहाँले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना हुने वातावरण बनाउने र राजनीतिमार्फत देश सञ्चालन गर्ने अवसर दिलाउने सरकारको चाहना रहेको समेत स्पष्ट पार्नुभयो।

उहाँले जेन जी प्रतिनिधि सुदन गुरुङलाई आफ्नो जेठो छोरोको रुपमा सम्बोधन गर्दै सरकारलाई गरिरहेको सहयोगका प्रति धन्यवाद दिनुभयो। सम्झौता लगत्तै केही शहीद परिवारका सदस्य तथा घाइतेहरुले सम्झौताको कार्यान्वयन आशंका व्यक्त गरे।

सम्झौता_पत्र_final,82-8-24

Leave a Reply

ताजा समाचार