साताव्यापी मानव अधिकार महाभेला सोमबारदेखि शुरू हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

साताव्यापी मानव अधिकार महाभेला सोमबारदेखि शुरू हुने

काठमाडाैं । ७७ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा १७ औँ मानव अधिकार राष्ट्रिय महाभेला सोमबारदेखि ललितपुरमा शुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मानव अधिकारका लागि महिला, एकल महिला समूहले उक्त जानकारी दिएको हो ।

मंसिर २८ गतेसम्म हुने उक्त महाभेलाले मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गर्दै सरकार तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउने उद्देश्य लिइएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै मानव अधिकारका लागि महिला, एकल महिला समूहकी अध्यक्ष शोभा वि.सी.ले महाभेलाको उद्घाटन गृहमन्त्री ओमप्रकाश अर्यालले गर्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्षको महाभेला ‘मानव अधिकारको सम्मान, सुशासनको सुनिश्चितता, न्यायपूर्ण समृद्ध नेपाल’ भन्ने नाराका साथ मनाइँदै छ । अध्यक्ष वि.सी.ले महाभेलामा राष्ट्रिय मानव अधिकार आयोग, विभिन्न गैरसरकारी महासंघहरू तथा १२५ भन्दा बढी मानव अधिकार तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागि हुने बताउनुभयो ।

उहाँले नेपाल मानव अधिकार पक्षराष्ट्रका रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिवद्धता पूरा गर्ने प्रक्रिया अपेक्षित रूपमा अघि बढ्न नसकेको उल्लेख गर्दै सरकारलाई सचेत गराउन महाभेलाले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । महाभेलामा देशभरबाट करिव एक हजारभन्दा बढी मानव अधिकारकर्मी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

Leave a Reply