प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय फोरमका लालबाबु राउत पक्का | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय फोरमका लालबाबु राउत पक्का

काठमाडाैं, २७ माघ । प्रदेश नम्बर २ को मुख्यमन्त्री संघीय समाजवादी फोरमका लालबाबु राउत बन्ने पक्का भएको छ । प्रदेश २ को अर्को प्रमुख दल राष्ट्रिय जनता पार्टीले मुख्यमन्त्रीको दाबी छाडेपछि फोरमका राउत मुख्यमन्त्री बन्ने पक्का भएको हो ।

राउत यसअघि नै प्रदेश २ मा संघीय फोरमको संसदीय दलको नेता चुनिएका छन् । शनिबार दुई पार्टीबीच भएको बैठकमा भएको सहमतिअनुसार फोमरलाई मुख्यमन्त्री परेको छ भने राजपाले सभामुख लिने सहमति भएको छ ।

त्यसैगरी उपसभामुख भने फोरमको भागमा परेको छ । दुई दलले मन्त्रालयको समेत बाँडफाँट गरेका छन् । सहमति अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय फोरमको भागमा परेको छ ।

राजपाको भागमा भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन तथा वन वातावरण मन्त्रालय परेको नेताहरुले बताएका छन् । आज भएको सहमतिमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका महन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);