एनपिएल : काठमाण्डुको प्लेअफ सम्भावना बलियो | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

एनपिएल : काठमाण्डुको प्लेअफ सम्भावना बलियो

काठमाडाैं । जोन सिम्पसन र जेरार्ड इरासमसको साझेदारीसँगै काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो सिजनमा प्लेअफ सम्भावना बलियो बनाएको छ । कीर्तिपुरमा आफ्नो छैटौं खेलमा काठमान्डुले आइतबार कर्णाली याक्समाथि पाँच विकेटले हराउँदै एनपिएलको दोस्रो सिजनमा प्लेअफ सम्भावना बलियो बनाएको हो ।

काठमान्डुको जितमा चौथो विकेटका लागि सिम्पसन र इरासमसको साझेदारी महत्वपूर्ण रह्यो । पहिलो सिजनमा कर्णालीसँगै नेट रनरेटमा पछि पर्दा काठमान्डु प्लेअफमा पुग्न असफल भएको थियो । तर, दोस्रो सिजनमा भने छैटौं खेलमा चौथो जित निकाल्दै काठमान्डु प्लेअफनजिक पुगेको छ । पाँचौं खेलमा चौथो हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना भने कठिन नै छ । त्रिवि क्रिकेट मैदानमा कर्णालीले एक सय ५० रनको मध्यम लक्ष्य दियो । तर, काठमान्डुले १८औं ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्याे ।

मध्य क्रमका ब्याटर इरासमसले ४३ र सिम्पसनले ४१ रनको साझेदारी गर्दै जितको आधार तय गरे । यी दुईले चौथो विकेटका लागि ८६ रनको साझेदारी गर्दै जितको आधार बनाए । इरासमसले ३३ बलमा समान दुई चौका र छक्का हिर्काए । सिम्पसनले २१ बलमा चार चौका र दुई छक्का प्रहार गरे । नन्दन यादवले १८औं ओभरमा सिम्पसनलाई आउट गर्दै साझेदारी ताडेका थिए । तर, काठमान्डु जितका लागि १ रन मात्र टाढा थियो । लगत्तै आएका रासिद खान पहिलो बलमै आउट भए । तर, भीम सार्कीले दुई बलमा एक छक्कासहित ६ रन जोडे । काठमान्डुले सुरुदेखि आक्रामक ब्याटिङ ग¥यो । पावरप्लेमा एक विकेट गुमाएको काठमान्डुले ४६ रन जोड्यो ।

ओपनर आकाश त्रिपाठी ८ रनमा आउट भए । तर, अर्का ओपनर बेन चाल्र्सवर्थले २१ बलमा ३४ रन जोड्दै आक्रामक ब्याटिङ गरे । उनको इनिङमा दुई चौका र तीन छक्का रह्यो । मिलिन्द कुमार १५ रनमा रनआउट भए । १०.१ ओभरमा जनकपुर ६३/३ को अवस्थामा थियो । तर, त्यसपछि सिम्पसन र इरासमसले आक्रामक ब्याटिङ गरे । कर्णालीको खराब फिल्डिङ दोहोरिँदा काठमान्डुका लागि थप सहज पनि बन्यो । कर्णालीको बलिङमा नन्दनले तीन र पवन सर्राफले एक विकेट लिए । सात बलर प्रयोग भए पनि कर्णालीले लक्ष्य रक्षा गर्न सकेन । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने कर्णालीको निर्णय सहज भएन ।
पहिलो ओभरमै दुई विकेट पतनसँगै कर्णालीको सुरुआत खराब रह्यो । तर, सातौं नम्बरका ब्याटर गुलसनको आक्रामक ब्याटिङमा कर्णालीले सात विकेट गुमाउँदै एक सय ४९ रनको मध्यम योगफल बनायो । २२ बलमा गुलसनले नटआउट ४९ रन जोड्दै इनिङ समाले ।

काठमान्डुको कप्तान करणले इनिङको पहिलो बलमै ओपनर प्रियान्क पन्चाललाई कट एन्ड बोल्ड गरे । छैटौं बलमा बोसिस्टो १ रनमा रनआउट भए । दबाबमा परेको कर्णालीले पावरप्लेमा दुई विकेट गुमाउँदा ३८ रन जोड्यो । अर्का ओपनर मार्क वाटले तेस्रो विकेटका लागि पवन सर्राफसँग ५८ रनको साझेदारी गरे । तर, फेरि रनआउटका रूपमा कर्णालीले अर्को विकेट गुमायो । रन लिने क्रममा मार्क सुस्त दौडिए ।

त्यसको फाइदा लिँदै अर्को इनिङबाट भीम सार्कीले उनलाई रनआउट गरे । यो विकेटसँगै कर्णाली दबाबमा प¥यो । थप २८ रन जोड्दा कर्णाली योसँगै कुल चार विकेट गुमायो । १२औं ओभरमा पवन ३५ रन जोड्दै आउट भए । २९ बल खेलेका उनले समान दुई चौका र छक्का हिर्काए । त्यसपछि दुई ब्याटर सस्तैमा पभेलियन फर्किए । नजिबउल्लाह जादरान १२ र कप्तान सोमपाल ६ रनमै आउट भए । १४.२ ओभरमा कर्णाली ८८/६ को नाजुक अवस्थामा थियो । यद्यपि, सातौं विकेटका लागि गुलसन र दीपक दुम्रेबीच ५५ रनको महत्वपूर्ण साझेदारी बन्यो । यी दुईले २५ बलमै ५० रनको साझेदारी पूरा गरेका थिए । विकेटकिपर दीपक १० रनमा आउट भए ।

१९औं ओभरमा कर्णाली १४३/७ को अवस्थामा थियो । डेथ ओभरमा करणले ६ रन मात्रै दिँदै कर्णालीलाई एक सय ५० रनको आँकडा पार गर्न दिएनन् । गुलसनले ६ चौका र तीन छक्का प्रहार गरे । ३ बल खेलेका नन्दनले १ रन मात्रै जोडे । काठमान्डुको बलिङमा रासिद खानले दुई तथा करण, मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट लिए ।

Leave a Reply