सुदूरपश्चिम रोयल्स प्लेअफमा, चाैथाे खेलमा जनकपुर जितविहीन | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

सुदूरपश्चिम रोयल्स प्लेअफमा, चाैथाे खेलमा जनकपुर जितविहीन

काठमाडाैं । लगातार पाँचौं खेलसम्म अपराजित सुदूरपश्चिम रोयल्स जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पनि प्लेअफमा पुगेको छ । कीर्तिपुरमा भएको आफ्नो पाँचौं खेलमा सुदूरपश्चिमले शनिबार डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि ६ विकेटको जित निकाल्दै दोस्रो सिजनमा पनि प्लेअफमा स्थान बनाएको हो ।

यससँगै सुदूरपश्चिमले गत सिजनको फाइनलमा बेहोरेको हारको बदला पनि लियो । सुदूरपश्चिम पाँचौं खेलसम्म अपराजित रहँदा जनकपुर भने चौथो खेलसम्म जितविहीन बन्यो । जारी एनपिएलमा एउटा मात्र जितविहिन एक मात्र टोली जनकपुर मात्र हो । चौथो हारसँगै जनकपुरको प्लेअफ सम्भावना कठिन भएको छ । अविनाश बोहराको बलिङ र इशान पाण्डेको अर्धशतक प्रेरित सुदूरपश्चिमले अपराजित यात्रा जारी राखेको हो । त्रिवि क्रिकेट मैदानमा जनकपुरले एक सय ४६ रनको लक्ष्य दिएको थियो ।

जबाफी ब्याटिङ गरेको सुदूरपश्चिमले १७.४ ओभरमा मात्र चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो । ईशानले ५६ रनको अर्धशतकीय इनिङ खेले । सुदूरपश्चिमले खराब सुरुआत ग¥यो । ओपनर जोश ब्राउन शून्य र क्रिस लिन १ रनमा आउट भए । पहिलो दुई ओभरमा नै दुई विकेट गुमाएपछि सुदूरपश्चिम दबाबमा प¥यो । पावरप्लेमा मात्र ३१ रन मात्र जोड्यो । तर, ओपनर विनोद र ईशानले तेस्रो विकेटका लागि ७४ बलमा ९२ रनको महत्वपूर्ण साझेदारी गर्दै इनिङ जोगाए । १४औं ओभरमा उनी ४२ रनमा आउट भए । उनले ४९ बलमा तीन चौका र एक छक्का प्रहार गरे । इशानले ३५ बलमा ९ चौका र एक छक्का हिर्काए ।

त्यसपछि आएका कप्तान दीपेन्द्रसिंह ऐरीले १० रनमा र हरमित सिंहले २५ रनमा अविजित रहँदै जित दिलाए । हरमितले १० बलमा एक चौका र तीन छक्का हिर्काए । हरमितले १८औं ओभरमा ललित राजवंशीलाई लगातार तीन छक्का हिर्काउँदै १४ बल अगावै जित दिलाए । जनकपुरको बलिङमा माज सदाकतले दुई तथा सञ्जय कृष्णमुर्ति र आदित्य महताले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले पूरै ओभरमा आठ विकेट गुमाउँदै एक सय ४५ रनको योगफल बनाएको थियो । मध्य क्रमका ब्याटर सञ्जय कृष्णमुर्ती ५० रनको अर्धशतकीय इनिङ खेले ।

ओपनर आसिफ शेख शून्य र मायान यादव ६ रनमै आउट भएपछि जनकपुरको खराब सुरुआत भयो । अर्का ओपनर माज सदाकत पनि १२ रनमै पभेलियन फर्किए । पावर प्लेमा ३५ रन जोड्दा जनकपुरले तीन विकेट गुमायो । चौथो विकेटका लागि जान निकोल लफ्टी इटन र सञ्जयबीच ३४ रनको साझेदारी बन्यो । अविनाश बोहोराले लफ्टीलाई ३९ रनमा क्याच गराउँदै साझेदारी तोडे । ३३ बल खेलेका समान दुई छक्का र चौका प्रहार गरे । अर्को छेउबाट सञ्जयले इनिङ अगाडि बढाए । उनी ब्याटिङ गरिरहँदा जनकपुर विशाल योगफलतर्पm अग्रसर देखिन्थ्यो ।

तर, उनी १७औं ओभरमा अविनाशद्वारा बोल्ड भए । उनले ३७ बलमा अर्धशतक बनाएका थिए । लगत्तै अर्को बलमा उनी आउट भए । उनको इनिङमा चार चौका र दुई छक्का रह्यो । त्यसपछि आदित्य महताले १५ र कप्तान वाइने पर्नेलले १४ रन जोड्दै इनिङ उकासे । सुदूरपश्चिमको बलिङमा अविनाशले चार, स्कट कुग्गेलिनले तीन र कप्तान दीपेन्द्रले एक विकेट लिए । स्कटले चार ओभरमा २२ रन मात्र दिँदै किफायती बलिङ गरे ।

Leave a Reply