सडकका खाल्डाखुल्डी मर्मत गर्न सडक एम्बुलेन्समार्फत् गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८२, सोमबार

सडकका खाल्डाखुल्डी मर्मत गर्न सडक एम्बुलेन्समार्फत् गरिने

काठमाडाैं । सडक डिभिजन कार्यालय काठमाडौंले आफ्नो कार्यक्षेत्रमा पर्ने सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि सडक एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्ने उद्देश्यले सडक डिभिजन कार्यालयले सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याएको हो ।

सडक मर्मत एम्बुलेन्स प्रयोगको  बिहीवार ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले  सुभारम्भ गर्नुभयो । त्यस्तै, सडकमा देखिएका खाल्डाखुल्डीको तत्काल जानकारी दिइ मर्मत अगाडि बढाउन मोवाइल एप्स पनि सञ्चालनमा ल्याइएको छ । जसमा खाल्डोको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्था र मर्मतपछि त्यसको अद्यावधिक विवरण राख्न सकिनेछ ।

शुभाम्भ कार्यक्रममा बोल्दै मन्त्री घिसिङले सडक एम्बुलेन्स नेपालमा नमुनाका रुपमा प्रयोगमा ल्याइएको उल्लेख गर्दै त्यसलाई अन्य मुख्य शहरमा पनि विस्तार गरी सडक मर्मतसम्भारमा आउने गुनासोलाई सम्बोधन गरिने बताउनुभयो । विकसित देशमा जस्तै अत्याधुनिक उपकरण जडान गरी सडक मर्मतको सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइनु पर्नेमा उहाँले जोड दिनुभयो ।

एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न गर्नेछ ।

Leave a Reply