संसद पुनर्स्थापनकाे मागसहित सरकारविरूद्ध एमालेकाे जनसभा | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

संसद पुनर्स्थापनकाे मागसहित सरकारविरूद्ध एमालेकाे जनसभा

काठमाडाैं । नेकपा एमालले काठमाडाैं केन्द्रित जनसभा गरेको छ । अन्तरिम सरकारविरुद्ध ठुलो संख्यामा कार्यकर्तालाई सडकमा उतारेको एमालेले कानुनविपरित बनेको वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने दाबी गरेको छ । निर्वाचन हुने वातावरण नबनेकाले जसरी पनि विघटित प्रतिनिधि सभा पुनःस्थापना हुनेपर्ने एमालेको माग छ ।

जेनजी विद्धोहपछि सत्ताबाट बाहिरिनु परेपछि नेकपा एमाले संसद पुनःस्थापनाको माग राख्दै सरकारविरुद्ध दबाबमूलक कार्यक्रमहरु अगाडि बढाएको छ । तत्कालिन सरकारको नेतृत्व सम्हालिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन जी आन्दोलनका कारण सत्ताबाट बाहिरिनु परेको थियो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेपछि संसद विघटन हुन पुग्यो । त्यही संसद विघटविरुद्ध नेकपा एमालले काठमाडांै केन्द्रित जनसभा गरेको छ ।

शनिबार काठमाडांैंस्थित प्रदर्शनी मार्ग भृकुडीमण्डमा देशभरीका कार्याकता भेला गर्दै एमालले अन्तरिम सरकार विरुद्ध र संसद पुनःस्थापना हुन पर्ने मागसहित जनसभा गरेको हो । संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ जनसभाको गरेको एमालेले देशको रक्षा र बाह्य तत्वबाट देशलाई बचाउन सरकारविरुद्ध कार्यक्रम गर्नुपरेको दाबी गरेको छ । वर्तमान सरकार र सबै राजनीतिक दलहरु निर्वाचनको तयारीमा लागेपनि एमालले निर्वाचन हुन नसक्ने जिकिर गर्दै संसद पुनःस्थापना गनुपर्ने माग राखेको छ ।

नेकपा एमालेले अहिलेको अन्तरिम सरकार नालायक र लुसिफरको सरकारको संज्ञा दिएको छ । अहिलेको सरकारले मुलुकमा विंध्वस मच्चाएको हुदाँ सरकरार तत्काल हट्नु पर्ने एमालेको भनाइ छ ।

वर्तमान अन्तरिम सरकारमाथि अहिले जेनजीदेखि राजनीतिक दलहरुले प्रश्न .उठाइ रहेका छन् । यद्यपी पछिल्लो समय सरकारप्रति नेकपा एमालेले निरन्तर विरोध गरिरहेको छ । एमालेले वर्तमान सरकारविरुद्ध आफ्नो शक्ति प्रदर्शन गर्नु आफू सत्ताबाट बाहिरिनुपर्दाको आक्रोस पोखेको आरोपसमेत कतिपयले लगाएका छन् ।

Leave a Reply