सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई ९४ अर्ब अनुदान उपलब्ध गराउने | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८२, मंगलबार

सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई ९४ अर्ब अनुदान उपलब्ध गराउने

mantriparisad office

काठमाडौं, २७ माघ । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना बनाउन ९४ अर्ब रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णिम वाग्ले संयोजक रहेको समितिले तयार पारेको लगानी सम्बन्धी प्रतिवेदन स्वीकृत गरी बुढीगण्डकी जलविद्युत आयोजना बनाउन ९४ अर्ब रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

समितिले बुढीगण्डकी जलविद्युत आयोजना बनाउन २ खर्ब ७० अर्ब रुपैयाँ लाग्ने अनुमान गरी त्यसको ३५ प्रतिशत अर्थात ९४ अर्ब रुपैयाँ सरकारले अनुदानका रुपमा व्यहोर्नुपर्ने प्रतिवेदन पुसको पहिलो साता सरकारलाई बुझाएको थियो । मन्त्रिपरिषद् बैठकले समितिको प्रतिवेदन हुबहु स्वीकृत गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

सरकारले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनीलाई बनाउन दिने अघिल्लो सरकारको निर्णय खारेज गरी मंसिरको पहिलो साता स्वदेशी लगानीमा नै बनाउन निर्णय गरेको थियो ।

ताजा समाचार