वर्तमान सरकारले मुलुकमा खुलेआम भ्रष्टाचारको काण्ड मच्चाएकाे अध्यक्ष ओलीकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

वर्तमान सरकारले मुलुकमा खुलेआम भ्रष्टाचारको काण्ड मच्चाएकाे अध्यक्ष ओलीकाे आरोप

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले खुलेआम भ्रष्टाचारको काण्ड मच्याएको आरोप लगाउनुभएको छ । पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठकलाई सम्बोधन गर्दैै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिई विद्युत खरिदको नाममा करोडौँ घोटाला गरेको विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेको भन्दै आपत्ति समेत जनाउनुभयो । उहाँले आफू नेतृत्वको सरकारको पालामा केही भ्रष्टाचार भएपनि वर्तमान सरकारले जस्तो कुशासन र चरम भ्रष्टाचार नगरेको जिकीर समेत गर्नुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारले मुलुकलाई विकासहिनता, अराजकता र अन्यौलग्रस्त अवस्थामा पु¥याएको समेत बताउनुभयो ।

Leave a Reply