सर्वोच्चमा जलेका मुद्दाका कागजात बुझाउने प्रक्रिया शुरु | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

सर्वोच्चमा जलेका मुद्दाका कागजात बुझाउने प्रक्रिया शुरु

काठमाडाैं । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनी तथा तोडफोडपछि अवरुद्ध बनेका सबै सेवा शुरु भएका छन् । गत कात्तिक २० गते बसेको सर्वोच्चको अदातको फुल कोर्टले मंसिर १ गतेदेखि सबै सेवा सुचारु गर्ने निर्णय भए अनुसार सोमबारदेखी सेवा सुचारु भएको हो ।

सेवा सञ्चालनको लागि सर्वोच्चमा जलेका मुद्दाका कागजात सेवाग्राहीले बुझाउने प्रक्रिया शुरु गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेवाग्राही आउने बित्तिकै उहाहरुको मुद्दा जलेको छ कि छैन भन्ने जानकारी सोधपुछ कक्षमै उपलब्ध गराइनेछ । जलेको भएमा सेवाग्राहीसंग भएका आवश्यक कागजात लिने उहाँले जानकारी दिनुभयो । जलेको फाइल पहिचान गर्ने र सम्बन्धित शाखामा कागजात बुझाउनको लागि सर्वोच्च अदालतमा पालको टेण्ड राखेर व्यवस्था मिलाइएको छ । मुद्दाका आवश्यक कागजात बुझाउन अदालतले एक महिनाको समय दिएको पाण्डेले जानकारी दिनुभयो । सेवाग्राहीसँग भएका प्रमाण–कागज संकलन गरी मुद्दा पुनस्र्थापनाको प्रक्रिया सहज बनाउने उहाँको भनाइ छ ।

उहाँले मुद्दाका आवश्यक कागजात बुझाउने सेवाग्राहीलाई धन्यवाद स्वरुप प्रमाणपत्र उपलब्ध गराउने गरिएको पनि जानकारी दिनुभयो ।

सेवाग्राहीको सहजीकरणको लागी अदातमा रहेको चार वटा ट्रेड युनियनले छुट्टै आ–आफ्नो संगठनबाट ४/५ जना स्वयंसेवकहरु समेत खटाईदिएको उहाँले बताउनुभयो । सर्वोच्च अदालतले सेवाग्राहीसँग आफूसँग भएका मुद्दाका फाईलहरु उपलब्ध गराउन आग्रह समेत गरेको छ ।

Leave a Reply