काठमाडाैं । काठमाडौं स्पाइकर्सले तेस्रो जितसँगै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणको तेस्रो स्थानमा रहेर यात्रा टुङ्गाएको छ । शुक्रबार भएको लिगको आफ्नो अन्तिम खेलमा काठमाडौंले लुम्बिनी लाभासमाथि पुनरागमन जित निकाल्दै यस सिजन तेस्रो स्थानमा रहेर यात्रा टुङ्गायो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दिनको पहिलो खेलमा अरुणा शाहीको लुम्बिनी पहिलो दुई सेटमा जित निकाल्दै सहज जिततर्पm अग्रसर भयो । तर काठमाडौंले उत्कृष्ट पुनरागमन ग¥यो । उत्कृष्ट डिफेन्स गरेपछि काठमाडौंले त्यस पछिका तीन सेट लगातार आफ्नो बनायो । पहिलो दुई सेट निकै प्रतिस्पर्धात्मक रह्यो । तर, अरुणाको कप्तानीमा रहेको लुम्बिनीले २५–२३ र २६–२४ ले आफ्नो बनायो । तेस्रो र चौथो सेट भने नाटकीय बन्यो ।
उषा भण्डारीको कप्तानीमा रहेको काठमाडौंले डिफेन्स र स्पाइकमा पनि सुधार ग¥यो । तेस्रो सेट काठमाडौंले २५–१७ ले सहजै आफ्नो बनायो । चौथो सेटमा पनि लुम्बिनी पूर्ण दबाबमा रह्यो । यो सेट काठमाडौंले २५–१६ ले सहजै आफ्नो बनाउँदै खेल निर्णायक सेटतर्पm धकेलियो । निर्णायक सेटमा पनि लुम्बिनीले झनै खराब प्रदर्शन गर्यो ।
काठमाडौंले पाँचौं तथा निर्णायक सेट १५–६ ले सहजै आफ्नो बनाउँदै लुम्बिनीमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । यससँगै लुम्बिनीले लिगमा चौथो स्थानमा रहेर दोस्रो संस्करणको यात्रा टुङ्गायो । ६ टोली रहेको फ्रेन्चाइज लिगमा लुम्बिनी लाभासले सात खेलबाट सात अंक बटुल्यो ।
समान पाँच खेलबाट काठमाडौंले आठ अंक बटुल्यो । यो खेलअगावै फाइनलमा पुग्ने दुई टोलीको टुङ्गो लागिसकेको थियो । लिगमा शीर्ष दुई स्थान पक्का गर्दै कर्णाली यशविस र ललितपुर क्विन्स उपाधिका लागि प्रतिष्पर्धा गर्ने तय भइसकेको थियो । पहिलो स्थानका लागि शुक्रबार यी दुवै टोली प्रतिस्पर्धा गर्दैछन् । जुन लिगको अन्तिम खेल पनि हो ।
शनिबार उपाधिका लागि कर्णाली र लुम्बिनी नै प्रतिष्पर्धा गर्दैछन् । गत संस्करण पनि कर्णाली ललितपुरलाई नै हराउँदै उपाधि जितेको थियो ।





