काठमाडाैं ।
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको अवस्थालाई हेरेर बाटोमै शपथ ग्रहण गरेको बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग सोमवार साँझ जनकपुरधाममा कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानले दिएको अधिकारअनुसार आफू मुख्यमन्त्री भएको जिकिर गर्नुभयो । प्रदेश प्रमुख सुमित्रा भण्डारी बिरामी भएर काठमाडौं निस्किएपछि प्रदेशको र अहिलेको अवस्थालाई मध्यनजर गरी आफूले नै बाटोमै भएपनि नियुक्ति दिइसकेपछि शपथ ग्रहण गराउन आग्रह गरेको बताउनु भयो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हिसावले आफू मुख्यमन्त्री भएको र यो कुनै पूर्वयोजना नरहेको बताउनु भयो ।
बाध्यात्मक अवस्थामा बनेको मुख्यमन्त्रीबाट संविधान, राष्ट्रियता, राष्ट्रिय अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै आघात नहुने दाबी गर्नुभयो । मुख्यमन्त्री यादवले नियुक्त मुख्यमन्त्रीले शपथग्रहण नगरेसम्म कार्यवाहक मुख्यमन्त्री नै नेतृत्वमा रहने भएकाले अहिलेको स्थितिलाई हेरेर शपथ ग्रहणका लागि आफू बाटोमै पुगेको बताउनु भयो । आफू ठूलो दलको नेताको हैसियतले आफू मुख्यमन्त्री भएको बताउनु भयो ।





