विश्व
फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्ले सोमवार रिपोर्ट गरेअनुसार टाइफुन फङ–वङले देशभर दुई जनाको मृत्यु भएको छ । साथै १४ लाखभन्दा बढी मानिसहरूलाई असर गरेको छ । फिलिपिन्सको अरोरा प्रान्तमा रहेको राष्ट्रिय सडकमा फङ–वङ आँधीले ठूलो क्षति गरेको छ । राज्य मौसम विभागकाअनुसार आईतवार राति फिलिपिन्सको लुजोन टापुको पूर्वी भागमा रहेको अरोरा प्रान्तमा सुपर टाइफुन फङ–वङले ल्यान्डफल गरेको थियो । फङ–वोङ यस वर्ष फिलिपिन्समा आएको २१ औं उष्णकटिवन्धीय चक्रवात हो । जसले देशको वार्षिक २० आँधीबेहरीको औसतलाई पार गरेको छ ।
फिलिपिन्समा सुपर टाइफुन फङ–वङबाट २ जनाको मृत्यु, १४ लाख बढी प्रभावित
ताजा समाचार
धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा
४ घन्टा अघि




