सुकुम्वासी बस्तीमा डोजर नचलाउन ‘जेन–जी मुभमेन्ट अलायन्स’ काे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८३, बिहीबार

सुकुम्वासी बस्तीमा डोजर नचलाउन ‘जेन–जी मुभमेन्ट अलायन्स’ काे चेतावनी

काठमाडाैं । जेन–जी मुभमेन्ट अलायन्स’ले बिना विकल्प सुकुम्वासी बस्तीमा डोजर नचलाउन चेतावनी दिएको छ ।
अलायन्सले एक विज्ञप्ती जारी गर्दै बसोवास उठाएर द्वन्द्व  सिर्जना गर्न भन्दा पनि समस्या समाधानको बाटो अप्नाउन सुझाएको हो।

भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूले कष्टपूर्ण रूपमा जीवनयापन गर्दै आएकोमा उनीहरूमाथि निरन्तर प्रहार र सास्ती दिदै देशभित्रै आप्रवासी जस्तो व्यवहार गरी बास खोस्ने कार्यको अलायन्सले घोर निन्दा गरेको छ ।

जेन–जी मुभमेन्ट अलायन्सले भूमि अधिकारलाई जनताको पहिचान, आवासीय प्रयोजन र उत्पादनसँग सम्बन्धित नैसर्गिक अधिकारको रूपमा स्थापित गर्दै भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवास गर्न बाध्य जनसमुदायको समस्या राज्यले समाधान गर्न आवश्यक रहेको बताएको छ ।

अलायन्सले  सम्बन्धित समुदायसँगको सहमतीमा उपयुक्त व्यवस्थापन अपनाई सबैको साझा सहरको रूपमा काठमाडौं महानगरपालिकाले उदाहरण प्रश्तुत गर्नुपर्नेमा जोड दिएको छ । निहत्था, उत्पीडित जनताहरू माथि स्थानीय सरकारले दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाउन समेत महानगरलाई अलायन्सले चेतावनी दिएको छ ।

जेन–जी मुभेन्ट अलायन्सले काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस्तीहरूको अध्यायन गरेको भए यथार्थ विवरण सार्वजनिक गरि स्पष्ट तथ्यांक समेत उपलब्ध गराउन अलायन्सले आह्वान गरेको छ ।

अघिल्लो साता एक साताभित्र धोविखोला वागमती किनाराका बस्ती हटाउन काठमाडौं महानगर, काठमाडाैं विकास प्राधिकरणले चेतावनीपूर्ण नोटिस जारी गरेपछि सुकुम्वासी बस्तीमा हलचल मच्चिरहेको छ ।

Leave a Reply