काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आम सञ्चार माध्यामलाई टिक्न कठिनाई हुने अवस्था आएको बताउनुभएको छ । सार्वजनिक सेवा प्रशारण तथा एनटिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री खरेलले सामाजिक सञ्जालको दवदवाले आम सञ्चार माध्यामहरुलाई काम गर्न नै कठिन भएको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यक रहेको समेत स्पष्ट पार्नुभयो । उहाँले आजबाट शुभारम्भ भएको एनटिभी वर्ल्ड च्यानलले बाँकी विश्वलाई हेर्न र बुझन महत्वपूर्ण योगदान पु¥याउने विश्वा समेत व्यक्त गर्नुभयो ।
मन्त्री खरेलले सार्वजनिक सेवा प्रशारण संस्थालाई आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । मन्त्री खरेलले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले आफ्नो प्रस्तुतिमा धेरै सुधार गर्नुपर्ने आवश्यकतामा समेत औँल्याउनुभयो ।





