निर्वाचन सफल बनाउन सञ्चार माध्यमकाे भूमिका थप प्रभावकारी : राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

निर्वाचन सफल बनाउन सञ्चार माध्यमकाे भूमिका थप प्रभावकारी : राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागन २१ का लागि तोकिएको निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यामहरुले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । सार्वजनिक सेवा प्रशारण तथा एनटिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत र सुदृढ बनाउन निर्वाचन घोषणा गरिएको उल्लेख गर्नुभयो । निर्वाचनलाई सफल बनाउनका लागि सञ्चार माध्यामहरु अझ बढी क्रियाशील हुनुपर्ने स्पष्ट पार्नुभयो ।

उहाँले सरकारी सञ्चार माध्यामहरुले लोकतन्त्रको सुदुढीकरणमा बढी जोड दिनुपर्ने समेत बताउनुभयो । राष्ट्रपति पौडेलले नेपालको संस्कृति, भेषभुषा, भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यता, पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहरहरु र नवीन सोच तथा उपलब्धिहरुलाई विश्व समक्ष चिनाउन एनटिभी वल्ड च्यानलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले जनतालाई सही सूचना दिनेकुरामा सञ्चार माध्यामहरुले गम्भीरतापूर्वक काम गर्नुपर्ने पनि बताउनुभयो ।

Leave a Reply