काठमाडौं ।
नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाख २७ देखि ३० सम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ ।पार्टीको मंगलबार जारी केन्द्रीय समिति बैठकमा समूहको तर्फबाट प्रस्ताव राख्दै सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
यसअघि, बैठकमा महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेभित्र नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।कांग्रेसमा संस्थापन र अर्को समूहले पार्टीको १५औँ महाधिवेशन नियमित गर्ने तर फरकफरक मिति प्रस्ताव गरेका हुन् ।




