कांग्रेसका संस्थापन पक्षधर नेताहरूकाे छट्टै भेला | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

कांग्रेसका संस्थापन पक्षधर नेताहरूकाे छट्टै भेला

काठमाडाैं । नेपाली काँग्रेसको संस्थापन पक्षधर नेताहरु छुट्टै भेला भएका छन् । सोमबार मध्यान्ह काठमाडौंस्थित एक होटलमा संस्थापन पक्षधर नेताहरु भेला भएका हुन् ।

भेलामा कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्यहरु छन् । अहिले ५४ प्रतिशत १४ औं महाधिवेशन सदस्यहरुले नियमित महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

त्यस्तै, संस्थापन पक्षधर नेताहरु भने बैशाखतिर मात्रै महाधिवेशन गर्नुपर्ने र अहिले निर्वाचनमा लाग्नुपर्ने बताउँदै आएका छन् । तर हस्ताक्षर कर्ताहरुले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन् ।

बैठकमा वीरबहादुर बलायर, नगिना यादव, सीता गुरुङ लगायतका नेताहरु रहेका छन् ।

Leave a Reply