संवैधानिक आयोगले गरेका सिफारिस वर्तमान सरकारले कार्यान्वयन गर्छ : मन्त्री घिसिङ | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

संवैधानिक आयोगले गरेका सिफारिस वर्तमान सरकारले कार्यान्वयन गर्छ : मन्त्री घिसिङ

काठमाडाैं । शहरी विकासमन्त्री कुलमान घिसिङले संवैधानिक आयोगले गरेका सिफारिसहरु कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वर्तमान सरकार आयोगले गरेका सिफारिसहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउँदै कुन विषयमा कार्यान्वयन नभएको हो त्यसबारे थप छलफल गरिने बताउनुभयो । उहाँले आयोगका अनुसार ९० प्रतिशत सुझावहरु सरकारले कार्यान्वयन नगरेको गुनासो आएको बताउनुभयो ।

मन्त्री घिसिङले आफूले प्रधानमन्त्रीसम्म पनि यसबारे कुरा राख्ने जानकारी दिनुभयो ।

Leave a Reply