उचित व्यवस्थापन र प्रचारप्रसार नहुँदा स्यार्पु ताल ओझेलमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

उचित व्यवस्थापन र प्रचारप्रसार नहुँदा स्यार्पु ताल ओझेलमा

मेगराज खड्का
रुकुम, २६ माघ । रुकुम बाँफिकोटमा रहेको स्यार्पु ताल प्राकृतिक रुपमा सुन्दर भएपनि व्यवस्थापन र प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । सम्बन्धित निकायले तालको संरक्षण र व्यवस्थापनमा चासो नदिँदा ओझेलमा परेको हो ।

तालसम्म सडक पुगेसँगै आन्तरिक तथा बाह्य पर्यटकहरु अवलोकनका लागि पुग्ने गरेका छन् । तालको उचित संरक्षण, प्रचारप्रसार र व्यवस्थापन हुन सकोको छैन भने अवलोकनको लागि कति पर्यटक पुग्छन् भन्ने तथ्यांक राख्ने निकाय पनि छैन ।

चारैतिर हरियाली गाँउ बिचमा सुन्दर ताल रहेकाले डुङ्गा चढ्नका लागि पर्यटकहरु पुग्ने गरेका छन् । तर तालसम्म पुगेको सडक माथीबाट पहिरो झर्ने गरेकाले जोखिम बढेको भन्दै समस्या समाधान गर्न स्थानीयले माग गरेका छन् ।

रुकुम सदरमुकाम देखी ४ घण्टाको पैदलदुरीमा पर्ने स्यार्पु तालमा पुग्ने पर्यटकका लागि होमस्टे सञ्चालनका साथै तालमा व्यवसायिक माछा पालन गरिएको छ । त्यसैले तालको संरक्षण र प्रचार प्रसारमा सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);