हमासको कब्जामा रहेका विपिनको हत्या दुई वर्ष अघि नै भएको डिएनए रिर्पोटबाट पुष्टि | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

हमासको कब्जामा रहेका विपिनको हत्या दुई वर्ष अघि नै भएको डिएनए रिर्पोटबाट पुष्टि

काठमाडौं
 सिक्दै कमाउदै कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल गएका कञ्चनपुरका विपिन जोशी हमासको कब्जामा परेको २ बर्षपछि उनको शवमात्रै नेपाल फर्किने भएको छ । विपिन जीवितै रहेको आशामा उनकी आमा र बहिनी इजरायल लगायतका अन्य शक्तिराष्ट्रहरु सम्म नै पुगेर विपिनको रिहाईको लागि पहल गरिरहेका थिए । यसबीचमा नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ ।

इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको बताइएको छ । हमासले हस्तान्तरण गरेको शव विपिन जोशीकै भएको डीएनए परीक्षणबाट पुष्टि भएको र प्राकृतिक मृत्यु नभइ हत्या नै भएको रिपोर्टबाट देखिएको बताइएको छ । सन् २०२३ को अक्टोवर ७ मा हमासले इजरायलको किबुजमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी सहित १ हजार २ सय बढी मानिस मारिएका थिए ।

यस्तै २५१ जना बन्धक समेत बनाइएका थिए । जसमा कञ्चनपुरका विपिन जोशी समेत परे । पटकपटक हुने गरेका युद्धविराम सम्झौताअनुसार हमासले लगातार बन्धकको रिहाइसँगै केही शव समेतफिर्ता गरेपनि सरकारको कुटनीतिक कमजोरीका कारण विपिनको रिहाई हुन सकेन् ।

सरकारको असक्षमताकै कारण विपिन जोशीकी बहिनी र आमा सात समुन्द्र पारीको विरानो मुलुकमा पुग्नुपरेको भन्दै तत्कालीन समयमा सरकारको विरोध भएको थियो । सरकारले वेलैमा पहल गर्न सकेको भए २ बर्ष सम्म धेरै बन्धकहरु रिहाई भैसक्दा पनि विपिनको पालो कहिल्यै नआएको भन्दै नेपाल कुटनितिक मामिलामा निरिह देखिएको स्पष्ट भएको छ ।

Leave a Reply