वर्तमान सरकारले चुनाव गराउँछ भन्नु भ्रम हाे : महासचिव पोखरेल | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

वर्तमान सरकारले चुनाव गराउँछ भन्नु भ्रम हाे : महासचिव पोखरेल

काठमाडाैं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्नेकुरा भ्रम मात्रै भएको बताउनुभएको छ । भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो ।

महासचिव पोखरेलले सरकारले चुनावको वातावरण बताउनका लागि कुनै पहलकदमी नलिएको जिकिर गर्नुभयो । उहाँले सरकारले चुनाव गराउनका लागि राजनीतिक दलसँग कुरा परामर्श नगरेको गुनासो समेत गर्नुभयो । महासचिव पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरुको परामर्श अनुसार नबनेको भन्दै आपत्ति समेत जनाउनुभयो ।

महासचिव पोखरेलले संविधान भित्रैबाट सरकार गठनका लागि प्रक्रिया अघि बढाउन प्रमुख राजनीतिक दलहरुले गरेको आग्रहलाई उपेक्षा गर्ने काम सैह्य नहुने बताउनुभयो ।

Leave a Reply