काठमाडौ ।
प्रहरीले काठमाडौँको माइतीघर मण्डलाबाट प्रदर्शन गर्न खोजेको आरोपमा १४ जना पक्राउ परेका छन ।
प्रहरीले डा निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । जेन(जीका विभिन्न समूहहरू माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए । अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।





