काठमाडौं म्याराथनमा पाँच हजार धावक दौडिने | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

काठमाडौं म्याराथनमा पाँच हजार धावक दौडिने

काठमाडाैं । करिव पाँच हजार धावकले प्रतिष्पर्धा गर्ने काठमाडौं म्याराथनको १७ औं संस्करण आगामी कात्तिकमा हुने भएको छ । एनआरएस स्पोर्टस फाउण्डेसनले पत्रकार सम्मेलन आयोजना गर्दै काठमाडौं म्यारानको आगामी संस्करणको कात्तिक १ गते हुने जनाएको हो ।

नेपालको सबैभन्दा पुरानो काठमाडौं म्याराथन सन् २००७ देखि सुरु भएको थियो । उक्त पत्रकार सम्मेलनमा काठमाडौं म्याराथन र मुख्य प्रायोजक सिद्धार्थ बैंकबीच सहकार्यका लागि सम्झौता भएको छ । एनआरएस स्पोटर््स फाउण्डेसनका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ र सिद्धार्थ बैंकको मार्केटिङ प्रमुख सुरेशराज महर्जनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता तीन वर्षका लागि भए पनि सहकार्यको अविधि बढ्न सक्ने बताइएको छ ।

एनआरएस स्पोर्टस् फाउण्डेसनका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ यस संस्करणको म्याराथनबारे जानकारी दिएका दिए । उनले म्याराथन आयोजना गर्नका लागि धेरै कठिन भएको र यस किसिमको आयोजनाले नेपालको पर्यटनमा समेत ठूलो सहयोग पुग्ने बताए । नेपाल पर्यटन बोर्डका निर्देशक सुनिल शर्माले काठमाडौं म्याराथन जस्ता आयोजनालाई विश्व व्यापी बनाउन सहयोग गर्नुपर्ने औंल्याउँदै यस किसिमका म्याराथनले पर्यटन विकासमा पनि ठूलो टेवा पु¥याउने आशा व्यक्त गरेका छन् । उक्त पत्रकार सम्मेलनमा नेपाल एथ्लेटिक्स संघका महासचिव सञ्जीव तुलाधार, म्याराथन धाविका सन्तोषी श्रेष्ठ, प्रशिक्षक र विभिन्न कर्पोरेट हाउसका प्रतिनिधि उपस्थिति थिए ।

१७ औँ संस्करणमा कुल १३ वटा फरकफरक विधामा प्रतिष्पर्धा हुने भएका छन् । मुख्य विधाका विजेताहरूले पुरस्कार पनि पाउनेछन् । यसपल्ट करिव पाँच हजार धावक काठमाडौं म्याराथनमा दौडिने आयोजकको अपेक्षा छ । तीमध्ये दुई सय जना अन्तर्राष्ट्रिय धावकले यस म्याराथनमा प्रतिष्पर्धा गर्नसक्ने आयोजकको विश्वास छ । यस प्रतियोगिताले स्वास्थ्यप्रति जागरण, खेल पर्यटनको प्रवर्धन र नेपाली धावकलाई घरेलु भूमिमा नै अन्तर्राष्ट्रिय स्तरमा एक्सपोजरलगायत प्रदान गरेको छ । गत वर्ष देशमा आएको अत्याधिक वर्षाका कारण काठमाडौं म्याराथनको रुटका साथै देशभर नै असर परेको थियो ।

यो वर्षाले मानवीय र ठूलो मात्रामा भौतिक क्षतिमा पनि पुर्याएको थियो । तर म्याराथनको रुटमा बाधा र भारी वर्षाका बीचले धावकले सक्रियतापूर्वक सहभागिता जनाएका थिए । नेपाल फर नेपाली रिलेसन फरएभर भन्ने नाराका साथ शुरु भएको यस म्याराथनमा दशरथ रंगशालाबाट सुरु भई विभिन्न स्थानको परिक्रमा गराएर त्यही अन्त्य हुनेछ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थान परिक्रमा हुँदै यो म्याराथन सञ्चालन गरिँदैछ । काठमाडौं म्याराथनको शुरुवातपछि नै देशमा विभिन्न किसिमका छोटो दूरीको म्याराथन आयोजना हुन थालेको आयोजकको विश्वास छ ।

Leave a Reply