काठमाडाैं । सरकारले जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमबारे छानविन शुरु गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
गत भदौ २३ २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका काँग्रेस सभापति शेरबहादुर देउवालगायतका शिर्ष नेताहरुको घरमा नगद रकम जलेको भेटिएको थियो ।
प्रधानमन्त्री कार्कीले विगतका भ्रष्टाचार प्रकरणहरूबारे सरकार जानकार रहेको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही अघि बढाइने स्पष्ट पार्नुभयो ।
उहाँले आन्दोलनको क्रममा तोडफोड र आगजनीमा परेको संरचना पुर्ननिर्माणको कार्य समेत अघि बढिसकेको उल्लेख गर्नुभयो।





