आईजी खापुङले आफ्ना मान्छेलाई च्याप्दा नियमित सरुवा कुरेर बसेका इन्स्पेक्टरहरु निराश,विवादित थापा फेरि मनहरी | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

आईजी खापुङले आफ्ना मान्छेलाई च्याप्दा नियमित सरुवा कुरेर बसेका इन्स्पेक्टरहरु निराश,विवादित थापा फेरि मनहरी

काठमाडौ ।
प्रहरी प्रधान कार्यालयले नियमित सरुवा रोकेर अचानक ७ जना प्रहरी निरीक्षक इन्स्पेक्टरलाई काजमा पठाएको छ ।गृहमन्त्री ओम प्रकाश अर्यालले तत्काल नियमित सरुवा निकाल्न निर्देशन दिएपनि प्रहरी महानिरीक्षक आईजीचन्द्र कुबेर खापुङले उनलाई कुरा मिलाएर काज आदेश जारी गरेका हुन् ।
सूचीअनुसार दीपक थापा इप्रका मनहरि हेटौडा, कैलाश लिम्बु खापुङ सिजुवा मोरङ, शालिकराम तिमिल्सिना सिरहा ट्राफिक, दानबहादुर मिरिङ्चिङ उदयपुर ट्राफिक, सपना खड्का इप्रका डकाह सिन्धुली र बिनोद ठवालको नुवाकोट ट्राफिकमा काज सरुवा भएको छ ।

यस्तै इन्स्पेक्टर कमल राउतको एकल जिल्ला प्रहरी कार्यालय रामेछापमा काज गरिएको छ ।यसमध्ये कैलाश लिम्बु र दानबहादुर मिरिङ्चिङ, शालिकराम तिमिल्सिना खापुङका नजिकका मान्छे भएको आरोप लागेको छ ।

आफ्ना मानिसलाई मिलाउन आईजीले नियमित सरुवा प्रक्रिया रोकेर ‘काज’ प्रयोग गरेको उच्च प्रहरी स्रोतको आरोप छ ।खापुङ आईजी भएपछि भेटेरै इन्स्पेक्टर लिम्बुले फेसबुकमा फोटो राख्दै बधाई काका भनेका छन् ।

यसरी आईजी खापुङले आफ्ना मान्छेलाई च्याप्दा नियमित सरुवा कुरेर बसेका इन्स्पेक्टरहरु निराश भएका छन् ।सरुवा सूची दशैंअघि नै निस्किने तयारी भए पनि आईजी खापुङले “दशैंपछि मात्र निकालौँला” भन्दै गृहमन्त्रीलाई समेत ढाटेर काज निकालेको स्रोतको भनाइ छ ।

मंगलबार गरेको निरीक्षक (इन्स्पेक्टर) काज सरुवा सूचिमा विवादित इन्स्पेक्टर दिपक थापा पनि परेका छन् ।थापा यसअघि पर्साको पोखरिया इलाका प्रहरी कार्यालयमा कार्यरत थिए । त्यहाँबाट सरुवा भएर प्रहरी प्रधान कार्यालयमा तानिएका उनलाई अहिले फेरि मकवानपुरको मनहरी इलाका प्रहरी कार्यालयमा पठाइएको छ ।
थापा मकवानपुरकै हेटौंडा घर भएका कारण आफ्नै गृहजिल्लामा सरुवा भएका हुन् । थापा कप्र शाखामा कार्यरत रहँदा विवादित अधिकृतका रूपमा चिनिएका थिए । कप्रमा कार्यरत रहदा उनले तल्लो दर्जाका प्रहरीहरुको सरुवा÷बढुवामा चलखेल समेत गरेको बताइन्छ ।

पोखरियामा रहँदा अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेपछि उनी प्रहरी प्रधान कार्यालय तानिएका थिए ।

यस्तै, काज सरुवाको सूचीमा प्रहरी महानिरीक्षक (आईजी) चन्द्रकुबेर खापुङका भतिजा कैलाश लिम्बु खापुङ पनि परेका छन् ।उनी मोरङ सिजुवा इलाका प्रहरी कार्यालयमा पठाइएका छन् ।गृहमन्त्री ओम प्रकाश अर्यालले नियमित सरुवा निकाल्न निर्देशन दिएपनि आईजीपी खापुङले उनको कुरालाई वेवास्ता गर्दै काज आदेश जारी गरेका हुन् ।

मोरङको सिजुवा इन्स्पेक्टरको लागि आकर्षक ठाउँ हो । आर्थिक आम्दानी राम्रो हुने सिजुवाबाट बिना भन्सार ठूलो मात्रा किराना आइटम ल्याएर उदयपुरको गाइघाट पुर्याउने गरिन्छ । जुनकुरामा धेरैको आँखा पर्दैन । सोहीकारण कैलाशलाई आईजी खापुङले सिजुवा पठाएका हुन्  ।

यस्तै, काज सरुवामा दानबहादुर मिरिङ्चिङ पनि परेका छन् । सिराहाको ट्राफिक कार्यालयमा १६ महिना कार्यरत उनी अहिले उदयपुर ट्राफिकमा पठाइएका छन् ।

उनी पनि ‘क’ श्रेणीकै कार्यालयमा सरुवा भएका हुन् ।त्यसैगरी, सातदोबाटो ट्राफिक र धादिङ ट्राफिकमा कार्यरत रहेका इन्स्पेक्टर शालिकराम तिमल्सिनालाई सिराहा ट्राफिक पठाइएको छ । धादिङ ट्राफिकबाट उनी आकर्षक मानिएको स्रोहखुट्टे बृत सरुवा भएका थिए । अहिले उनी स्रोहखुट्टेबाट सिराहा ट्राफिक पठाइएको हो ।
तर, कतिपय इन्स्पेक्टरले अझै एकपटक पनि इन्चार्जको मौका पाएका छैनन् ।

प्रहरी संगठनभित्र इन्स्पेक्टरको काज प्रक्रियामा ‘आइजी चन्द्र कुबेर खापुङले आफ्ना मान्छे मात्रै काखी च्यापेका छन्’ भन्ने आलोचना बढिरहेको छ । अवसर पाउनेहरूले पटक–पटक अवसर पाउने, तर अरू वञ्चित भइरहेका गुनासो प्रहरीभित्रै छ ।

Leave a Reply

ताजा समाचार