काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपाली काँग्रेसले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक साता आलोपालो प्रधानमन्त्री बन्ने कुरा सम्झाउने गरेको उल्लेख गर्दै थापाले पद छोड्लान् कि नछोड्लान् भन्ने अन्योलमा बस्न नहुने बताउनुभयो । उहाँले पार्टीको नीति र सिद्धान्त अनुसार अघि बढेर सबैखाले लोभ र डर त्याग्न नसके पार्टी संगठन कमजोर हुनेप्रति सबै सजग हुनुपर्नेमा जोड दिनुभयो ।
महामन्त्री थापाले पार्टीभित्र पठन संस्कृतिको विकास गर्नका लागि साहित्यकारहरुलाई उत्प्रेरित गर्नुपर्ने धारणा समेत राख्नुभयो। गुट छोडे पनि लेखन कार्य नछोड्न उहाँले कार्यकर्ताहरुमा आग्रहसमेत गर्नुभयो।





